७ असार २०८३, आईतवार
,
Latest
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय क्रिकेटको ३०० औं खेल पूरा गर्दै गेल



अ+ अ-

काठमाडौं । वेस्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले आइतबार भारतविरुद्धको खेलमा एकदिवसीय क्रिकेटको ३०० औं खेल पूरा गर्दै छन् ।

क्वीन्स पार्क ओभलमा वेष्ट इन्डिज र भारतबीचको सिरिजको दोस्रो खेल हुँदा गेलले भने आफ्नो एकदिवसीय क्रिकेट करिअरको ३०० औं खेल्न खेल्नेछन् ।

करिब एक महिनाअघि इंग्ल्यान्डमा सम्पन्न विश्वकप क्रिकेटबाट सन्यासको घोषणा गरेका गेलले पछि एकदिवसीय क्रिकेट भने खेल्ने निर्णय गरेका थिए ।

भारतविरुद्ध नै सन् १९९९ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका क्रिस गेलले अहिलेसम्म १० हजार २९७ रन बनाएका छन् । जसमा २५ शतक, ५३ अर्धशतक छन् । एकदिवसीय क्रिकेटमा उनको २१५ रन सर्वाधिक उच्च स्कोर हो ।

भारतले घरेलु टोली वेष्ट इन्डिजसँगको तीन खेलको टी–२० क्रिकेट सिरिज क्लीन स्वीप गरेको थियो । तीन खेलकै एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो ।