७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो



अ+ अ-

म्यानमार । म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार ब्हिानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् ।

तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा अनपेक्षित क्षति गरेको छ । बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको स्थानीय प्रहरीले आइतबार जनाएको छ ।

“अहिलेसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ, बाढी पहिरोमा परेकाहरुको खोजी कार्य अझै पनि जारी छ,” पाउङ नगरका प्रशासक जाव मोए औङले एएफपीसँग भने ।
अत्यधिक वर्षासँगै आएको बाढी पहिरोले मोन, करेन र काचिन राज्यका धेरै पुल तथा सडकमा क्षति पुगेको छ ।

सेना र प्रहरी समेतका सुरक्षाकर्मीहरु प्रकोप प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा खटिइरहेका छन् । प्रभावित क्षेत्रका विस्थापित जनतालाई खाद्य सामग्री पुर्याउन हेलिकोप्टरको समेत प्रयोग गरिएको छ ।

त्यस क्षेत्रमा बाढी पहिरोले झण्डै चार हजार घर प्रभावित भएका छन् । त्यस ठाउँबाट झण्डै २५ हजार विस्थापित भएका छन् । उनीहरुलाई विभिन्न ठाउँमा अस्थायी शिविरमा राखिएको छ ।
स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजेतिर लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो बाढी र पहिरो गएको थियो ।