७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण भारतमा ९५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । मनसुनका कारण उत्पन्न बाढीमा परेर भारतका दक्षिणी र पश्चिमी राज्यमा कम्तीमा ९५ जनाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा ४० जना भन्दा बढी केरला राज्यका बासिन्दा रहेको बताइएको छ। बाढी प्रभावितहरूलाई अधिकारीहरूले अग्ला स्थानमा बस्ने कोशिस गर्न आग्रह गरेका छन्।हजारौँलाई प्रभावित क्षेत्रबाट स्थानान्तरण गरिएको छ।

प्रकोप व्यवस्थापनमा खटिएका अधिकारीहरूका अनुसार केरलामा एक लाख भन्दा बढीलाई आपत्कालीन राहत शिविरहरूमा सारिएको छ।

ती क्षेत्रमा थप केही दिन वर्षा नरोकिने पूर्वानुमानबीच सेनाले हवाईमार्गबाट खाद्य सामग्री पुर्‍याउने प्रयत्न गरिरहेको बताइएको छ।पछिल्लो १०० वर्षमा सबैभन्दा बढी प्रभाव पारेको बाढीका कारण गत वर्ष केरला राज्यमा २०० भन्दा बढीले ज्यान गुमाएका थिए।