२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नम्रताको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक



अ+ अ-

नायिका नम्रता श्रेष्ठलाई शिर्ष भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् ।

चलचित्रमा नम्रताका साथ साथै अनुप विक्रम शाही, प्रमोद अग्रहरि, श्रृजना रेग्मी, रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको मुख्य भूमिका छ ।

आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रलाई नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्सको प्रस्तुतिमा तयार पारिएको हो । आशुतोषकै कथा रहेको चलचित्रमा आशुतोष र निरोज महर्जनको पटकथा छ ।

बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा सम्राट बस्नेतको एक्सन छ । यो चलचित्र भदौ ६ गतेबाट नेपालभर रिलिज हुँदैछ ।