७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ किलो गाजासहित ३ जना भरिया पक्राउ



अ+ अ-

हेटौंडा । मकवानपुर प्रहरीले १४ किलो ९ सय ग्राम गाजासहित ३ जना भरियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका–८ देवकोटका १९ वर्षीय जीवन मोक्तान, अटोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् ।

सोमबार हेटौंडा–११ थानाभर्‍याङमा चेकजाँचका क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९ सय ग्राम गाँजा बरामद भएको थियो ।

अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाइ लुकाएर गाजा ओसारपसार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।