२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुरानो बुलेट’ को खुलेर प्रशंसा



अ+ अ-

सञ्चारकर्मी भीषण राईले डेब्यु निर्देशन गरेको फिल्म ‘पुरानो बुलेट’ दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् । धरानको गोर्खा सिनेप्लेक्समा शनिबार प्रदर्शन गरिएको च्यारिटी शोमा मुख्य पात्र अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बूको अभिनयलाई दर्शकले बढी रुचाएका हुन् ।

पूर्वको लवजलाई समावेश गर्दै समसामयिक विषयवस्तुलाई उठाएको दर्शकले प्रतिक्रिया दिए । अधिकांश छायांकन मोरङको लेटाङमा गरिएको थियो । फिल्ममा बालसखा हुँदैखेरि मन पराउँदै आएकी गाउँले परिवेशकी वर्षा शिवाकोटी र अनुपबीचको सम्बन्ध दोहोरो प्रेममा परिणत हुन नपाउँदै बोल्ड युवतीका रूपमा माला लिम्बूको इन्ट्रीपछि दर्शकले इन्डिङ कस्तो होला भन्ने अनुमान गर्न सक्दैनन् ।

कतिपय सिनमा दर्शक रोएका पनि थिए ।पुरानो बुलेटले लाखौं युवा वैदेशिक रोजगारमा गइरहेको सन्दर्भमा स्वदेशमै पनि काम गरेर विश्वास आर्जन गर्न सके बाँच्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

फिल्ममा नायिका वर्षालाई अमेरिका जाने डीभी परेपछि काठमाडौं पुगेर पनि गाउँमै फर्किनुले स्वदेश बनाउनलाई युवाको खाँचो रहेको प्रस्ट हुन्छ । कथा, पटकथा, छायांकनमा चलेका स्टार भए पनि हलमा लामो समय टिक्न भने सकेको छैन । ‘दर्शक सबैले फिल्म राम्रो लाग्यो भनेका छन्।

फिल्म क्रिटिकहरूले पनि राम्रो फिल्म बनेको भन्छन्,’ । निर्देशक भीषण राईले भने, ‘तर हल मालिकको एकाधिकार र सिन्डिकेटको मारमा परियो । च्यारिटी शो गरेर भए पनि १ करोड लगानी करिब करिब उठाउन सफल भइएको छ ।’

उनले च्यारिटीबाट संकलित रकमको केही प्रतिशत सामाजिक सेवामा प्रयोग गर्ने निर्देशक राईले सुनाए । दर्शक बनेर आएका शिक्षक विजय अछामीले भने, ‘डेब्यु निर्देशकले यति राम्रो बनाउन सक्छन् भने अरू मेहनत गर्दा झन् राम्रो फिल्म भीषण राईले दर्शकलाई दिन सक्ने सम्भावना देखियो ।’




भर्खरै