७ असार २०८३, आईतवार
,
Latest
दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज्ञी शाहद्वारा ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा



अ+ अ-

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छिन् ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको पनि स्पष्ट पारिन् ।

पूर्वयुवराज्ञी शाहले सो कोषमार्फत् विपत्तिमा परेका बाढी, पीडितलाई राहत दिन पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रहित पुस्तक विक्री वितरणमा राखिएको पनि जानकारी दिए ।

हिमानी ट्रस्टकी अध्यक्ष हुन् भने पूर्व राजा शाह ट्रस्टका संरक्षक रहेका छन् ।पछिल्लो समय हिमानी शाह ट्रष्ट मार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन् । बाढी, पहिरोका बेलामा राहतमा ट्रस्ट सक्रिय रहने गरेको छ ।