७ असार २०८३, आईतवार
,
Latest
दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोको जोखिममा विद्यालय



अ+ अ-

लमही । दाङको विकट राजपुर गाउँपालिका–७ भैसाही नाकाको एक विद्यालयको भवन भत्किएको छ । यही साउन ११ गते विद्यालय माथिबाट आएको भेलले गौरीशङ्कर मावि भैसाहीको सात कोठे भवनको बीचको कोठा भत्काएको छ । उक्त कोठा भत्किएसँगै त्यो भवनका सबै कोठा जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक टङ्क विकले जानकरी दिए ।

“विद्यालयको सात वटा कोठा भएको भवनको बीचको कोठा भेलले भत्काएको छ”, उनले भने, “बीचको कोठानै भत्किएकाले अन्य सात वटा कोठा नै प्रयोग गर्न सकिने अवस्थामा छैन ।” विद्यालयका चारवटा भवनमध्ये सात वटा कोठा भएको भवन नै प्रयोग गर्न जोखिम भएपछि विद्यालयमा पठनपाठन गर्न समस्या भएको विकको भनाइ छ ।

“सात वटा कोठा भएको भवन नै भत्किएपछि हामीलाई कोठाको अभाव हुन्छ”, उहाँले भन्नुभयो, “यो वर्षात्को समयमा कसरी पठनपाठन गराउने भन्ने चिन्ता छ ।” अहिले विद्यालयको वर्षे बिदा भए पनि २७ गतेदेखि विद्यालय खुल्ने छ । तर भेलले विद्यालयको भौतिक संरचना नै भत्काएपछि पठनपाठन अवरुद्ध हुन्छ की भन्ने चिन्ता आफूहरुमा रहेको प्रधानाध्यापक विकले बताए ।

विगतका वर्षहरुमा पनि माथिबाट विद्यालयमै भेल बग्ने गरेको भए पनि यस वर्ष भने क्षति नै पुर्याएको स्थानीय युवा भीम ओलीले बताए । “विगतमा पनि यसरी नै माथिबाट भेल बग्ने गरेको थियो, तर त्यति क्षति पु¥याएको थिएन”, उनले भने, “तर यस वर्ष भने भेलले विद्यालयमा नै क्षति पुर्यायो ।” साथै विद्यालयको पर्खालसमेत बगाएको प्रअ विकले बताए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ, गाउँपालिका कार्यालयलाई पनि जानकारी गराएको समेत प्रअ विकको भनाइ छ । तर अहिलेसम्म कुनै पनि निकायबाट विद्यालयको अवस्थाबारेमा चासो नदेखाइएको प्रअ विकले बताए ।

कक्षा १० सम्म सञ्चालित उक्त विद्यालय त्यस क्षेत्रकै एउटा मात्रै विद्यालय हो । अहिले उक्त विद्यालयमा २५० विद्यार्थीहरु अध्ययनरत् छन् । विसं २०३९ मा स्थापना भएको उक्त विद्यालयका केही पुराना भवन छन्, भने केही विसं २०६३ तिर निर्माण भएका भवन छन् । अहिले भत्किएको उक्त विद्यालय भूकम्पको समयमा समेत चर्किएको स्थानीय युवा ओलीको भनाइ छ ।

प्राय दाङको विकट क्षेत्रका रूपमा रहेका नाका क्षेत्रका विद्यालय यसरी नै पहिरोको जोखिममा रहेका छन् । विद्यालयभन्दा माथिबाट भेल बग्ने र त्यही भेलले विद्यालयलाई क्षति पुर्याउने गरेको छ ।