७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र तालिबानबीच दोहामा वार्ता जारी



अ+ अ-

दोहा– संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ ।

अमेरिकी फौजले सन् २००१ मा अफगानिस्तानको तालिबान सरकार पदच्यूत गरेयता अफगानिस्तानमा भिषण युद्ध भइरहेको छ । शान्ति सम्झौता पश्चात् अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्नो फौज फिर्ता लैजाने तयारी गरिरहेको छ ।

अमेरिकाले तालिबान समूहले आतंकवादी संगठन अल–कायदा त्याग्नु पर्ने तथा इस्लामिक स्टेटजस्ता आतंकवादी संगठनका सदस्यहरुका लागि तालिबानले संरक्षण गर्न नहुने पूर्वशर्त राखेको छ । अमेरिका र तालिबानबीच शनिबार शुरु भएको यो आठौं चरणको वार्ता हो । अमेरिकी र तालिबानी स्रोतले यस पटकको वार्ता शनिबार र आइतबार बस्ने जनाएको छ ।

तालिबानी एक स्रोतले अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका सहसंस्थापक मुल्लाह बरादरबीच प्रत्यक्ष भेटवार्ता गराउने तयारी भइरहेको बताएको छ । बरादरले तालिबानको राजनीतिक फाँटको नेतृत्व गरिरहेका छन् ।

अमेरिकामा सन् २००० मा भएको आक्रमणको मुख्य दोषी अल–कायदाको सञ्जाललाई पक्षपोषण र मद्दत गरेको आरोपमा अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई सैनिक बलमा पदच्यूत गरेको थियो । अमेरिकाको ट्वीन टावरमा अल–कायदाका लडाकूहरुले विमान अपहरण गरी गरेको आक्रमणमा झण्डै तीन हजारको ज्यान गएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै वार्तामा धेरै प्रगति भएको र वार्ता अझै जारी रहेको बताएका छन् । अमेरिकी विशेषदूत खलिलजादले पनि शुक्रबार नै ट्वीट गरी तालिवानी समूहसँग शान्ति सम्झौताका लागि प्रयास भइरहेको बताएका छन् । उनले तालिबानसँग तत्कालै अमेरिकी सेना फर्कने बारेमा सम्झौता नहुने पनि स्पष्ट गरे । तर शान्ति सम्झौता पश्चात् अमेरिकी सेना फर्कन थाल्ने उनले बताए ।

दोहा वार्ता शुरु हुनुअघि विशेषदूत खलिलजादले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग इस्लामाबादमा भेट गरी छलफल गरेका थिए । अर्कोतर्फ तालिबानसँग वार्ताका लागि अफगान सरकारले पनि अलग्गै वार्ता टोली गठन गरेको छ ।

अमेरिकी अखबार वासिङ्टन पोष्टका अनुसार अमेरिका र तालिबानबीच अफगानिस्तानमा तैनाथ अमेरिकी फौजको संख्या तत्कालै १४ हजारबाट घटाएर ८ हजार बनाइने तयारी भएको छ । यसको बदलामा तालिबानले अल–कायदा संगठनसँगको आबद्धता त्याग्ने, युद्धबिराम गर्ने र अफगान सरकारसँग वार्ता थालनी गर्नेछ ।