२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन १९ महिनापछि, मंसिरभित्रै अन्तरिम संरचना



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरू २०७७ फागुनसम्म पार्टीको १४औं महाधिवेशन गर्नेगरी विधानले तय गरेको पार्टीको संरचना बनाउन सहमत भएका छन् । करिब एक महिनासम्म पार्टीका रिक्त संरचना कसरी गठन गर्ने भन्ने विवादमा रुमल्लिएका कांग्रेस नेताहरू निर्देशिका नै बनाएर आगामी मंसिरसम्म पार्टीको अन्तरिम संरचना बनाउने र आगामी पुसपछि महाधिवेशनको प्रक्रिया सुरु गरेर २०७७ फागुनसम्म १४औं महाधिवेशन गर्नेगरी सहमतिमा पुगेका हुन् ।

हरेकजसो बैठकमा संरचना गठन सहमतिमा कि निर्वाचनबाट भन्नेमा विवाद हुँदै आएपछि महाधिवेशन कहिले गर्ने भन्ने टुंग्याएर नेताहरू संरचनाका लागि निर्देशिका बनाउन सहमत भएको स्रोतले जानकारी दिएको छ ।

निर्देशिका बनाउने सहमति गर्दा नै नेता आगामी फागुनबाट सकिने केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप गर्न अनौपचारिक रूपमा सहमत भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले हरेकजसो बैठकमा पहिले महाधिवेशनको मिति तोक्न भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका थिए ।

यस्तै, अर्का नेता कृष्णप्रसाद सिटौलाले पहिले पार्टीका रिक्त संरचना गठन गरेर महाधिवेशनमा जानुपर्ने भन्दै बैठकमा पदाधिकारीको प्रस्ट धारणा माग्दै आएका थिए । बैठक लम्बिँदै गएपछि पहिले अन्तरिम संरचना बनाउन निर्देशिका बनाउने, त्यसपछि सोही निर्देशिकाकै आधारमा मंसिरसम्म रिक्त संरचना गठन गर्ने, त्यसपछिको पहिलो केन्द्रीय समिति बैठकले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने र सोही बैठकले १४औं महाधिवेशनको मितिसमेत तोक्ने शीर्ष तहमा सहमति भएको कांग्रेस स्रोतले जानकारी दिएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने निर्देशिका बनाएर पहिले संरचनाको विषय टुंग्याउने र त्यसपछि महाधिवेशनको कार्यतालिका ल्याउने गरी पार्टीभित्र सहमति बनेको बताए ।

‘पहिले निर्देशिका बन्छ, त्यसपछि संरचना गठनको विषय अघि बढ्छ, सबै तहमा संरचना बनेपछि आगामी मंसिरपछि १४औं महाधिवेशनको विषयमा कार्यतालिकासहित कांग्रेस अघि बढ्छ,’ सहमहामन्त्री महतले राजधानीसँग भने ।

कांग्रेसले शुक्रबारको केन्द्रीय समिति बैठकबाट पार्टीको अन्तरिम संरचना गठन गर्न निर्देशिका बनाउने सहमति गरेको थियो । सो निर्देशिकाका लागि बैठकले पार्टीका पदाधिकारीलाई जिम्मा दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्देशिका तयार भएपछि २२ साउनमा बस्ने केन्द्रीय समिति बैठकमा पेस हुने र त्यसपछि विधानको धारा ७२ ९४० अनुसार अन्तरिम संरचना गठनको प्रक्रिया अघि बढ्ने जनाए ।
प्रवक्ता शर्माले सबै तहमा संरचना बनेपछि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको कार्यतालिका ल्याउने र महाधिवेशनको प्रक्रियासमेत अघि बढ्ने बताए ।

तर, शुक्रबार शीर्ष तहमा भएको सहमतिको भने संस्थापन समूहकै केही नेताहरूले विरोध गरेका छन् । शीर्ष नेताबीचको छलफलमा भएको सहमतिका बारेमा बैठकमा जानकारी दिएपछि संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउद, शंकर भण्डारी, रमेश रिजाल, मीन विश्वकर्माले आपत्ति जनाएका थिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।