२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाही आदेशपछि अब महिलाले स्वतन्त्र यात्रा गर्न पाउने



अ+ अ-

काठमाडौं । साउदी अरबमा महिला अब कुनै पुरुष अभिभावकको अनुमतीबिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार यसबारे शाही आदेश जारी गरेको छ ।

नयाँ नियम अनुसार अब २१ वर्ष माथिका महिलाले कुनै पुरुष अभिभावकको मञ्जुरीबिना नै पासपोर्टका लागि आवेदन दिन सक्छन् ।

अर्थात्, अब साउदी अरबमा सबै वयस्कले विदेश यात्राका लागि पासपोर्टका लागि निवेदन दिन सक्छन् । यसमा महिला र पुरुषबीच भेदभाव हुनेछैन ।

शाही आदेशका अनुसार अब महिलालाई आफ्नो बच्चाको जन्म, आफ्नो विवाह र सम्बन्धविच्छेदका लागि रजिस्टर गर्ने अधिकार हुनेछ ।

साथै जागिरमा महिलालाई थप अवसर दिने कुरा भनिएको छ । नयाँ नियम अनुसार देशका सबै नागरिकलाई कुनै भेदभाव बिना नै काम गर्ने अधिकार हुनेछ ।

अहिलेसम्म साउदी अरबमा महिलालाई विदेश यात्रामा जान वा पासपोर्टका लागि निवेदन दिन कुनै पुरुष अभिभावक ९श्रीमान्, पिता वा अन्य पुरुष आफन्त० बाट अनुमती लिनु पर्दथ्यो ।

साउदी अरबका शासक राजकुमार मोहम्मद बिन सलमानले यसअघि पनि विभिन्न सुधारको घोषणा गरेका थिए । यसमा महिलालाई गाडी चलाउनमा लगाइएको प्रतिबन्ध हटाउनु पनि संलग्न छ ।

सन् २०१६ मा उनले २०३० सम्म देशको अर्थव्यवस्थामा सुधारको योजनाको घोषणा गरेका थिए । यसको एउटा उद्देश्य कामकाजी महिलाको संलग्नता २२ प्रतिशतबाट बढाएर ३० प्रतिशत गर्नु थियो ।

यद्यपि, साउदी अरबमा यस्ता विभिन्न हाई प्रोफाइल मामला पनि छन् जसमा महिलाले प्रताडनाको आरोप लगाउँदै क्यान्डाजस्ता अन्य देशमा शरण मागेका छन् ।

यसै वर्ष जनवरीमा क्यानडाले १८ वर्षीया रहाफ मोहम्मद अल कुनूनलाई शरण दियो । उनी साउदी अरबबाट भागेर अष्ट्रेलिया जाने कोसिसमा थिइन् । तर थाइल्याण्डको राजधानी बैंककमा एयरपोर्टमा एक होटलमा उनी फसिन् र उनले सहायताको अपिल गरिन् ।