२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ महिनापछि आयो भट्टराईको मन्त्री बन्ने पालो



अ+ अ-

काठमाडौं । कम्युनिष्ट विद्यार्थी आन्दोलनदेखिका नेता योगेश भट्टराईले बल्ल मन्त्री पद पाउनुभएको छ । प्रत्यक्ष सांसद् बनेलगत्तै उहाँ मन्त्री बन्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिले ‘ट्युनिङ’ नमिल्दा उहाँलाई उक्त अवसर जुटेको थिएन ।

यद्यपि प्रधानमन्त्री ओलीले १७ महिनापछि उहाँलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त गर्नुभयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री बामदेव गौतमतिरको ‘लिगेसी’ तोड्न ओलीले भट्टराईलाई आफू विदेश जानुअगावै छिट्टै मन्त्री बनाएको एउटा वृत्तमा विश्लेषण भएको छ ।

मन्त्री भट्टराईले बुधबारै प्रधानमन्त्री ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु पद तथा गोपनियताको सपथ लिनुभयो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आउनुभएको थियो ।

मन्त्री भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको रुपमा चुनिनुभएको थियो । निर्वाचनको क्रममा तत्कालिन पार्टी अध्यक्षको रुपमा चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताएर पठाएको अवस्थामा मन्त्रीबनाउने घोषणा गर्नुभएको थियो । पहिलो चरणको मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा प्रधानमन्त्री ओलीको समेत आलोचना भएको थियो । अन्ततः प्रधानमन्त्री ओलीले निर्वाचन प्रचारको क्रममा आफूले गरेको प्रतिबद्धताअनुसार सरकार गठन भएको १७ महिनापछि पर्यटन मन्त्री बनाउनुभएको छ ।

२०२३ भदौ २१ गते उहाँ ताप्लेजुङको साँघु मैवाखोलागाउँपालिका–३० मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनुभएको थियो । भट्टराई २०३७ सालदेखि कम्युनिष्ट विद्यार्थी (अनेरास्ववियु) आन्दोलनमा जोडिनुभएको थियो । उहाँ २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति बन्नुभएको थियो । भट्टराईले विद्यार्थी संगठनको कार्यालय सचिव, प्रचार विभागप्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
उहाँले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताउँदै बुधबार नै मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो । सबै अग्रजको सल्लाहमा अघि बढ्ने उहाँको भनाइ रहेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।