७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कफी टाइकुन सिद्धार्थको शव भेटियो



अ+ अ-

काठमाडौं । भारतका सबैभन्दा ठूलो कफी चेन क्याफे कफी डे (सीसीडी) का संस्थापक वीजी सिद्धार्थको शव बुधबार बिहान मेंगलुरुको नेत्रावती नदीमा भेटिएको छ । उनि कर्नाटकका पूर्व मुख्यमन्त्री एसएम कृष्णाका ज्वाईं समेत हुन् ।

मंगलुरुका पुलिस कमिश्नर संदीप पाटिलका अनुसार हुइगेबजार नजिकै नदीमा तैरिरहेको अवस्थामा उनको शव भेटिको हो ।परिवारका सदस्यहरुले उनको शव भएको पुष्टि गरेपछि अस्पताल लैजाने प्रहरीको तयारी छ ।

सोमबार राती उनी हराएपछि दुइ सयजना खोजी अभियानमा जुटेका थिए । यतिबेला कोस्ट गार्डको जहाज आइसीजीएस राजदूत र एसीवी (एच–१९८) को पनि मद्दत लिइयो ।

२७ जुलाईमा लेखिएको सिद्धार्थको एउटा पत्र सार्वजनिक भएको थियो जसमा उनले इक्विटी पार्टनर तथा ऋणदाताहरुको दबाबबारे जानकारी दिएका थिए । जुन सिद्धार्थकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ । उनले व्यवसायीको रुपमा आफू असफल भएको पनि बताएका थिए । क्याफे कफी डे परिवार र निर्देशकलाई सम्बोधन गरिएको सिद्धार्थको पत्रमा लेखिएको छ, ‘म लामो समयदेखि संघर्ष गरिरहेँ, तर अब सम्भव रहेन । म आफ्नो प्राइभेट इक्विटी पार्टनर र अन्य ऋणदाताको दबाव झेल्न सक्दिनँ । इनकम ट्याक्सका एक महानिर्देशकको उत्पीडन पनि सामना गर्नु परेको छ ।’

इनकम ट्याक्स डिपार्टमेन्टले भने आफ्नो कारवाहीको बचाउ गर्दै पत्रको सत्यतामाथि शंका गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुकाअनुसार पत्रमा सिद्धार्थले सबै गल्तीका लागि आफू जिम्मेवार रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो उद्देश्य कहिल्यै धोका दिने थिइन । मलाई आश छ कि एक न एक दिन तपाईले यो सम्झनु हुनेछ ।’