७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतबाट भागेका भारतीय नागरिक आठ दिनपछि पक्राउ



अ+ अ-

सिमरा । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।भारत बिहार मोतिहारी जिल्ला लिपनी ग्राम पञ्चायत, वडा नं ४ बेल्पा टोल बस्ने १९ बर्षिय फिरोज मियाँ पक्राउ परेका हुन् ।

सिम्रौनगढ नगरपालिका वडा नं ३ नयकाटोल बस्ने गौरीशंकर यादवको जाहेरीको आधारमा चोरी (बगली मारेको कसुर) मा उनी साउन ३ गते पक्राउ परेका थिए । प्रहरीले बारा जिल्ला अदालतबाट अनुमति लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर अनुसन्धान गरिरहेको थियो ।

सोही क्रममा गत साउन ७ गते खाना खुवाउन थुनुवा कोठाबाट बाहिर निकाल्ने क्रममा फरार भएका भारत मोतीहारी लिपनीका ४ बेलवाका १९ वर्षीय मियालाई ८ दिनपछि गौर बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

मिया फरार भएपछि प्रहरीले उनको खोजी नेपाल र भारतको विभिन्न स्थानमा गरिरहेको थियो।गौर बजारमा हिँडिरहेको अवस्थामा मियालाई जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।

प्रहरी लापरवाहीका कारण हिरासतमा रहेका व्यक्ति फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साहलाई सोही दिन निलम्बन गरेको थियो ।

प्रहरी प्रवक्ता राठौरले मियालाई चोरी मुद्धासँगै हिरासतबाट फरार भएको अभियोगमा समेत कारवाही प्रक्रिया अघि बढाउने बताए।