७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता र ग्लोबल बैंकमा राम्रो प्रगति, नेपाल एसबिआइले खुद ब्याज आम्दानी बढायो



अ+ अ-

काठमाडौं । जनता बैंकसँग मर्जर सम्झौता गरेको ग्लोबल आईएमई बैंकले आफुलाई बलियो बाणिज्य बैंकको रुपमा उभ्याएर गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा राम्रो प्रगति गरेको विवरण सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक वित्तीय विवरण अनुसार दुई बाणिज्य बैंकले दुई अर्बमाथि खुद नाफा आर्जन गरेका छन्।

बैंकले आफ्नो खुद नाफामा ३३.०२ प्रतिशत वृद्धि गरि दुई अर्ब ७९ करोड ५२ लाख खुद नाफा आर्जन गरेको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार दश अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले शेयरधनीलाई २३ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ । बैंकको वितरणयोग्य नाफा दुई अर्ब ४२ करोड ९८ लाख रहेको छ ।

नेपाल एसबिआइ बैंकले भने १४ प्रतिशतभन्दा केही कम नाफा बृद्धि गरेको छ। बैंकले २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

एसबिआइले ४ अर्ब १४ करोडको खुद ब्याज आम्दानीलाई ४ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ। बैंकले ७२ अर्बको ऋण बिस्तारलाई ८४ अर्बमा पुर्याएको छ। बैंकले निक्षेपमा पनि सुधार गरेको छ। ८४ अर्बको निक्षेप ९७ अर्ब रुपैयाँ पुगेको छ।