७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यबाहक राजदूत युजोद्धारा विदाई



अ+ अ-

काठमाडौं । नेपालका लागि जापानी कार्यबाहक राजदूत युजो योशिओकाले जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न जापान जान लागेका नेपाल सरकारका २० जना अधिकारीलाई आज यहाँ विदाई गरे ।

जापान सरकारद्धारा मानवस्रोत विकास कार्यक्रमअन्तर्गत सन् २००० मा स्थापित यस छात्रवृत्ति कार्यक्रममा नेपाललाई पनि सन् २०१६ देखि समावेश गरिएको हो । यस अन्तर्गत हरेक वर्ष नेपाल सरकारका राजपत्रांकित श्रेणीका २० जना अधिकृत जापान जाने गर्दछन् ।

जापानका विभिन्न विश्वविद्यालयमा अर्थशास्त्र तथा औद्योगिक नीति, मानवीस्रोत क्षमता अभिबृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध, न्याय प्रणाली लगायतका विषयमा स्नातकोत्तर अध्ययनका लागि दिइदै आएको यस छात्रवृत्तिबाट सन् यसअघि ६० जना नेपाली अधिकृत जापान गइसकेका छन् ।
एसियाका १५ देशलाई उपलब्ध गराउँदै आएको यस छात्रवृत्तिबाट अहिलेसम्म चार हजार २७० जना सरकारी अधिकारीहरु लाभान्वित भइसकेका छन् ।

सो विदाई कार्यक्रममा कार्यबाहक राजदूत युजोले नेपालका युवा तथा प्रतिभावान अधिकृतहरुले जापानका विभिन्न विश्वविद्यालयमा हासिल गर्ने थप ज्ञान र सीपले नेपालको कर्मचारीतन्त्रलाई समयानुकुल परिमार्जन गर्न सहयोग पुर्याउने अपेक्षा जापान सरकारले राखेको बताए ।