७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हेरोइनसहित चार युवा पक्राउ



अ+ अ-

स्याङ्जा । बुटवलबाट पर्वततिर आउँदै गरेको बसमा आइरहेका स्याङ्जाका ४ जना युवा लागुओैषधसहित वालिङ्मा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीरकोट नगरपालिकाका ३६ वर्षीय भिमबहादुर सेन,२६ का सुमसिंह ठकुरी, वालिङ् नगरपालिकाका २४ का सुवास सेन र २१ वर्षीय राम बईक हुन्। उनीहरुको साथबाट १६ दशमलब ७५ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

ना ६ ख १२६७ नम्बरको बसमा आइरहेका उनीहरुमाथि शंका लागेपछि खानतलासी गर्दा खैरो हेरोइन (ब्राउन सुगर) जस्तो पदार्थसहित ती युवा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।

जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिए।