२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, आराम गर्न डाक्टरको सुझाव



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले प्रधानमन्त्रीको मुटुको चाल र सुगरमा गडबडी देखिएको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको मुटुको चालमा केही तलमाथि र सुगरमा गडबडी देखिएपछि केही दिन आराम गर्न सल्लाह दिइएको छ,’ उनले भने ।

केही दिन अगाडि राजधानीमा आयोजित तिलगंगा आँखा अस्पतालको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओली अस्वस्थ महसुस भएपछि कार्यक्रम नसकिँदै चाँडै बाहिरिएका थिए । राजनीतिक तनावले गर्दा प्रधानमन्त्रीमा समस्या देखिएको चिकित्सकले अनुमान गरेका छन् ।