२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक अवरुद्ध हुँदा चार जिल्ला प्रभावित सेनाद्वारा खाद्यान्न ढुवानी



अ+ अ-

काठमाडौँ । घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक अवरुद्ध हुँदा पूर्वी पहाडका चार जिल्लाको जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध भएको दुई साता बिते पनि सडक सञ्चालन नहुँदा भित्री मधेसको उदयपुरसहित ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङको जनजीवन प्रभावित भएको छ ।

उदयपुरको पश्चिम र उत्तरी भाग तथा पूर्वी पहाडका तीन जिल्लामा दैनिक उपभोग्य सामग्री र इन्धनको मूल्य महँगिएको हो । असार २६ गते सिद्धिचरण राजमार्गको घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक बगाएदेखि अवरुद्ध बनेको हो । अवरुद्ध सडक निर्माणको कार्य भइरहेको छ ।
त्यस क्षेत्रमा पाँच सय मिटर खण्ड पहिरोले बगाएको छ । सडक डिभिजन कार्यालय, लहानका प्रमुख विनोद साहले अवरुद्ध सडकको पाँच सय मिटर खण्डमा डाँडा काटेर नयाँ सडक बनाउन लागेको जानकारी दिनुभयो । डिभिजन प्रमुख साहले भन्नुभयो, “दैनिक रूपमा १० वटा उपकरण लगाएर बाटो बनाइँदै छ, अर्को साता सञ्चालन हुने छ । ”

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले ‘लाइफ लाइन’ मानिएको उक्त खण्ड अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले दैनिक उपभोग्य सामग्री र इन्धन अभाव हुन नदिन वैकल्पिक बाटोका रूपमा सिन्धुली–खुर्कोट–घुर्मी खण्ड प्रयोग गरिएको बताउनुभयो ।
सोलुखुम्बुमा भने इन्धन अभाव भएको छ । भण्डारण गरिएको पाँच हजार लिटर इन्धन सुरक्षा संयन्त्रको प्रयोगका लागि सञ्चित राखिएको प्रजिअ रानाले बताउनुभयो । उक्त वैकल्पिक बाटो लहान–कटारी–घुर्मीभन्दा करिब २५० किलोमिटर बढी हुन आउँछ । उहाँले साउन पहिलो सातासम्म जनजीवन असहज भए पनि खुर्कोट–घुर्मी खण्ड सुरु भएपछि अपेक्षाकृत जनजीवन सहज भएको बताउनुभयो ।

दैनिक उपभोग्य सामग्रीसहित इन्धन, औषधिलगायतका अत्यावश्यक सामान आपूर्ति गर्न उदयपुर हुँदै ओखलढुङ्गासहित पूर्वी पहाडका अन्य जिल्लाहरूमा कटारी–घुर्मी सडकखण्ड प्रयोग हुँदै आएको छ । ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा दैनिक उपभोग्य सामग्री आपूर्ति गर्दै आएका कुमार गौतमले भने उपभोग्य सामग्रीको मूल्य थपिएको बताउनुभयो । सामान ढुवानीमा प्रतिकिलोग्राम दुईदेखि चार रुपियाँ थपिएको उहाँ प्रस्ट्याउनुहुन्छ । खुर्कोट–घुर्मी खण्डमा सात टनमाथिको सवारीसाधन प्रयोगमा बन्देज लगाइएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार जिल्लाको रौतामाई, लिम्चुङवुङ गाउँपालिका र उदयपुरगढीमा पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको छ । उदयपुरको ताप्ली र लिम्चुङवुङसित दुई सातादेखि सम्पर्क विच्छेद बनेको छ ।
सेनाबाट खाद्यान्न ढुवानी
नेपाली सेनाले खाद्यान्न अभाव भएको क्षेत्रमा बिहीबार खाद्यान्नसहितका दैनिक उपभोग्य सामग्रीहरू पठाएको छ ।
नेपाली सेनाका अनुसार दुवै स्थानीय तहमा ७०म हजार किलोग्राम चामल, ६ हजार किलोग्राम दाल, छ सय बोरा नुन र छ सय लिटर खाने तेल राहतस्वरूप हेलिकप्टरबाट पठाइएको छ । घुर्मी–खुर्कोटले उक्त खण्डलाई जोड्दैन ।
“उदयपुरको पश्चिम उत्तरी भूभागसहित ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका गरी करिब पाँच लाख सर्वसाधारणको जनजीविका असहज भएको छ”, उहाँले थप्नुभयो ।
ओखलढुङ्गामा कुखुरा व्यवसाय गर्दै आएका भूपाल खत्रीले भने सडक अवरुद्ध हुँदा व्यवसाय सञ्चालनमा समस्या आएको बताउनुभयो । बुधबार खुर्कोट पुगेर दाना आपूर्तिको व्यवस्था मिलाएका खत्री भन्नुहुन्छ, “सडक पहुँचले दिन बिराएर कुखुराको दाना ल्याउँथ्यौँ, दुई सातासम्म सडक अवरुद्ध हुँदा दाना नपुगेर व्यवसायमा क्षति भएको छ ।”
ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ७० प्रतिशत तरकारी आफ्नै उत्पादनले पुग्ने र अन्य उपभोग्य सामग्री भण्डारण गरेर राखिएको हुँदा आपूर्ति व्यवस्थाले ठूलै असहजता नल्याएको दाबी गर्नुभयो । उहाँले लामो समयसम्म घुर्मी–कटारी खण्ड अवरुद्ध भए पनि छिट्टै सञ्चालन नभए महँगी नियन्त्रणमा समस्या हुने बताउनुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।