२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’ सार्वजनिक (भिडियाे)



अ+ अ-

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’ सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। यस गीतमा हेमन्त राणा र रितिका श्रेष्ठको आवाज रहेको छ।

यसअघि चलचित्रको छायांकन सुरु भएको डेढ महिनामै यसको टिजर सार्वजनिक भएको थियो ।चलचित्र भदौ १३ गतेलाई प्रदर्शन हुने भएको छ । विवाह र अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

यो चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट छ ।चलचित्रलाई मनिराम पोख्रेल, ओमचन्द रौनियार र अर्जुन कार्कीले संयुक्त रूपमा लगानी गरेका छन् । रेनशा वान्तवा राइको कोरियोग्राफर, शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको यो चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रको टिजरमा दयाहाङ राई, बिजय बराल र उपासना सिंह ठकुरीलाई मात्र देखाइएको छ । अब भदौ १३ मै रिलिज हुने अर्को चलचित्र ‘मारुनी’सँग जुध्ने भएको छ ।तिजको छेकोमा फिल्म रिलिज गर्न सधैं नेपाली निर्माताबीच हानाथाप हुने गर्दछ । विदामा फिल्म रिलिज गर्दा लगानी सुरक्षित हुने सम्भावना बढी हुन्छ । त्यसैले हरेक वर्षको तिजको विदामा ठूला नेपाली फिल्मको भिडन्त हुँदै आएको छ । गत वर्ष रोज र रामकहानी बक्सअफिसमा आमने/सामने भएका थिए । यस वर्ष यो परम्परा ‘मारुनी’ र ‘कबड्डी कबड्डी कबड्डी’ ले धान्ने भएका छन् । दर्शकमाझ दुबै फिल्मको व्यग्र प्रतिक्षा छ ।

https://youtu.be/sTbBZFoVk3U




भर्खरै