२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको घाउमा यसरी मलम लगाउदै काङ्ग्रेस सभापति देउवा



file photo
अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाको विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गर्नुभयो । पीडितको अवस्था बुझ्न यहाँ आउनुभएका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिनुभयो ।

उहाँले तत्काल बाढी प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभयो । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको र बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउनुभयो ।

यस्तै प्रदेश नं- २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्मा परेका बाढीपीडितलाई राहत दिलाउन आफू स्वयम् अग्रसर भई लागिपरेको बताउनुभएको छ । आज गौशालामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले बाढीपीडितका लागि प्रदेश सरकारले विभिन्न चरणमा राहतका कार्यक्रम ल्याएको जानकारी गराउनुभयो ।

प्रदेश सरकारबाट तत्काल प्रत्येक जिल्लामा राहत वितरणका लागि रु १०÷१० लाख छुट्याइएको छ भने मृतक परिवारका लागि रु तीन÷तीन लाख उपलब्ध गराइने जनाउँदै सङ्घीय समाजवादी फोरम नेपालका प्रदेश सदस्यहरुले पीडितलाई राहत दिन आधा महीनाको तलब दिने घोषणा गरेको मुख्यमन्त्री राउतले बताउनुभयो ।

तत्कालै बाढीपीडितलाई पिउनका लागि शुद्ध पिउने पानीको व्यवस्थापनका लागि हरेक जिल्लामा निर्देशन दिइएको मुख्यमन्त्री राउतले जानकारी गराउनुभयो । उहाँले प्रदेशलाई महिलामैत्री बनाउन यहाँका हरेक क्षेत्रमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताउनुभयो ।




भर्खरै