६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैसँग नभएको अनौठो फुटबल कला मेस्सीसँग छ: ग्रिजम्यान



अ+ अ-

काठमाडौं । एथ्लेटिको मड्रिडबाट बार्सिलोनामा हालै अनुबन्ध भएका स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले आफू कल्बका कप्तान मेस्सीसँग खेल्न आतुर रहेको बताएका छन् ।

बार्सा टिभीसँगको कुराकानीमा उनले आफू मेस्सीसँग खेल्न आतुर रहेको बताएका हुन् । सोहि क्रममा उनले मेस्सीसँग कसैसँग नभएको अनौठो फुटबल कला भएको बताए। ‘मेस्सी अन्य खेलाडी भन्दा केही फरक छन् ।,’ ग्रिजम्यानले भने, ‘मेस्सीले त्यो काम गरेर देखाएका छन् जो अन्य खेलाडीले गर्न सकेका छैनन् ।’

ग्रिजम्यानले मेस्सी आफ्नो लागि एक नम्बर समेत रहेको बताए । ‘मेस्सी फुटबलका नं एक हुन्, जस्तै लेब्रोन जेम्स बास्केटबलका नं एक हुन्।’,उनले भने ‘उनीहरु फुटबल र बास्केटबलका इमेज हुन् ।’

ग्रिजम्यानलाई बार्सिलोनाले एक सय २० मिलियन युरोमा अनुबन्धन गरेको हो । २८ बर्षीय ग्रिजम्यानले बार्सिलोनासँग पाँच बर्षको सम्झौता गरेका छन् ।

फ्रान्सलाई विश्वकप जिताउँदाका नायक उनी सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको म्याड्रिड गएका थिए । एट्लेटिमा रहदाँ उनले दुई सय ५६ खेल खेल्दै एक सय ३३ गोल गरेका छन् । एट्लेटिकोसँगको पाँच बर्षे सम्झौता सकिएका कारण उनले समरमा क्लब छाड्ने घोषणा गरेका थिए ।