६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रिपिएर स्पेनिस क्लब एट्लेटीको मड्रिडमा अनुबन्धित



अ+ अ-

काठमाडौं । टोटनह्यामका किएरन ट्रिपिएर स्पेनिस क्लब एट्लेटीको मड्रिडमा अनुबन्धित भएका छन् ।

एट्लेटीको मड्रिडले २८ वर्षका इंग्लिस खेलाडी ट्रिपिएरलाई २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । उनलाई एट्लेटिको मड्रिडले तीन वर्षका लागि आफ्नो क्लबमा भित्र्याएको हो ।

बर्नलीबाट उनी सन् २०१५ मा टोटनह्याम आएका थिए । गएको जुनमा भएको च्याम्पियन्स लिग फुटबलको फाइनलसहित उनले टोटनह्यामबाट १०० खेलमा सहभागिता जनाए ।करिब चार वर्ष टोटनह्याममा बिताएका उनले ६९ खेल खेल्दै दुई गोल गरेका छन् । टोटनह्यामसँगको उनको सम्झौता सन् २०२२ सम्मको थियो ।

रक्षापंक्तिमा एथ्लेटिको मड्रिडले यो ट्रान्सफर विण्डोमा अनुबन्धित गरेको उनी तेस्रो खेलाडी हुन् । प्रशिक्षक डिएगो सिमोनले यसअघि नै पोर्टोबाट राइट–ब्याक फिलिपे र ब्राजिलियन क्लब एथ्लेटिको पारानाएन्सीबाट लेफ्ट–ब्याक रिनान लोडीलाई अनुबन्धित गरिसकेका छन् ।