६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले टर्कीलाई युद्धकविमान नबेच्ने



अ+ अ-

वासिङटन- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकु विमान एफ-३५ बिक्री नगरिने बताएका छन्। टर्कीले रूसबाट अत्याधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामीले लडाकु विमान नबेच्ने जानकारी टर्कीलाई दिइसकेका छौं। हामी टर्कीलाई एफ-३५ लडाकु विमान बेच्दैनौं।’ उनले टर्कीलाई अमेरिकी प्याट्रियोट क्षेप्यास्त्र प्रणाली बेच्न ओबामा प्रशासनले अस्वीकार गरेका कारण पनि टर्कीले रूसी हतियार खरिद गरेको बताए। यसअघि अमेरिकी रक्षा मन्त्रालयले टर्कीले रूसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्नुमा ओबामा प्रशासन दोषी रहेको कहिल्यै बताएको थिएन।

अमेरिकी रक्षा सहायकमन्त्री क्याटी ह्वीलबर्गरले गत साता जारी गरेको विज्ञप्तिमा अमेरिकाले टर्कीलाई प्याट्रियोट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहमत भएको उल्लेख छ। यद्यपि टर्कीले अमेरिकी प्रस्तावलाई स्वीकार नगरेको पनि क्याटीले बताएकी छन्।

अमेरिकी प्रस्तावित रक्षामन्त्री मार्क एस्परले टर्कीले एस-४०० अथवा एफ(३५ मध्ये एक रोज्नुको विकल्प छैन भन्दै दुबै साधन टर्कीले प्राप्त गर्न नसक्ने स्पष्ट पारे। उनले भने, ‘नेटोको सदस्य रहेको टर्कीले रूसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने चाहना राख्नु निकै दुःखद कुरा हो।’

सन् २०१७ डिसेम्बरमा टर्की र रूसबीच २ अर्ब ५० करोड डलर मूल्यमा एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता भएको थियो। एस-४०० रूसको हालसम्मकै अत्याधुनिक लामो दूरीको विमानभेदी क्षेप्यास्त्र प्रणाली हो। रूसी हतियार खरिद गर्ने टर्की नेटोको पहिलो सदस्य राष्ट्र हो।