६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपेली आयोगको अध्यक्षमा उर्सुला निर्वाचित



अ+ अ-

काठमाडौं । जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छन् । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन्।

साठी वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि भएकी छन् । युरोपेली संघमा आबद्ध २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाइ समर्थन गरेका थिए ।

कूल ७ सय ५१ सदस्यीय युरोपेली संसदमा उर्सुलाले २८३ मत प्राप्त गरेका थिए । उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्नेछिन् । हाल युरोपेली आयोगको अध्यक्षमा जाँ–क्लाउड जन्कर रहेका छन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

बहुभाषी एवं सात बालबच्चाकी आमा उर्सुलाले मतदानपछि सांसदहरुलाई सम्बोधन गर्दै भनिन्– बेलायतको बहिर्गमन पश्चात् युरोपेली संघका अघिल्तिर ठूला चुनौतीहरु रहेको र मेरो काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको छ । तैपनि मलाई निर्वाचित गराउनु भएकामा सबैलाई धन्यवाद दिन चाहन्छु ।

उनले भनिन्, ‘हामी सबै मिलेर रचनात्मक कार्य गर्नु पर्दछ, किनभने मेरो सम्पूर्ण प्रयत्न एकीकृत र बलियो युरोप बनाउनेतर्फ नै केन्द्रित हुनेछ ।’ उर्सुलालाई विजयी गराउन जर्मनीले समर्थन गरेको थियो । यदि उनी पराजित भएको भए ब्रसेल्सको सर्वोच्च पदका लागि विभिन्न समूहबीच तीव्र र अस्वस्थ प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो ।

ब्रेक्जिटको मुद्दा चर्को रुपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता र कानुनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्नेछ ।

झिनो बहुमतका आधारमा निर्वाचित भएको प्रसंगमा नवनिर्वाचित उर्सुलाले भनिन्, दुई साताअघि मलाई कसैले चिन्दैनथ्यो, र मसँग बहुमत पनि थिएन । तर छोटो अवधिमै मैले बहुमत जुटाउन समर्थ भएँ, र अब म सबैलाई साथमा लिएर कार्य गर्नेछु ।

जर्मन चान्सलर एन्जेला मर्केलले आफूसँग लामो समयदेखि कार्य गरेकी उर्सुला विजयी भएकामा खुशी लागेको बताइन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याँक्रोले पनि उर्सुलालाई ट्वीटमार्फत बधाई दिँदै फ्रान्सले युरोपेली आयोगलाई हरदम सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।