६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी कारवाहीबाट एक करोड ६४ लाख राजश्व



अ+ अ-

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५/७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५/७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८ हजार ५०० राजश्व सङ्कलन गरेको हो ।

आव २०७४/७५ को राजश्वभन्दा ४७ प्रतिशत बढी राजश्व हो । गत आव २०७४/७५ जिल्ला ट्राफिक प्रहरी सुर्खेतले रु ८७ लाख ८९ हजार राजश्व सङ्कलन गरेको थियो ।

विशेषगरी मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, बिना लाइसेन्स सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्नेलगायतका ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कारवाहीबाट ठूलो परिमाणमा राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिनुभयो ।

पुस महीनामा सबैभन्दा बढी दुई हजार ८७३ सवारीसाधन कारवाहीमा पर्दा प्रहरीले रु १९ लाख ४७ हजार राजश्व सङ्कलन गरेको थियो । सबैभन्दा कम साउन महीनामा एक हजार १४१ सवारी कारवाही हुँदा रु आठ लाख ५२ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ ।

ट्राफिक नियमसम्बन्धी आव २०७५/७६ मा ६१३ पटक जनचेतनामूलक कार्यक्रम गर्दा सवारी दुर्घटनामा कमी आएकोे उहाँको दाबी छ । उहाँका अनुसार आव २०७४/७५ मा सवारी दुर्घटनाबाट ३५ को मृत्यु भएकामा आव २०७५/७६ मा त्यो सङ्ख्या २९ मा झरेको छ ।