६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंगिन्छ: प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने बताएका छन्।

ललितपुरमा बुधबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याउने भनेअनुसार नै बुधबार बेलुकीसम्म सबै काम सकिने बताए।

‘ बुधबार बेलुकीसम्म पार्टी एकताका काम टुंग्याउँछौं,’ प्रचण्डले भने, ‘यो कार्यक्रम लगत्तै म पार्टी बैठकमा जान्छु। मूलभूत कुराहरू सकिएको छ। खाली ठाउँ भर्न मात्रै बाँकी छ।’

उनले केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने बताए। प्रचण्डका अनुसार आज कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद, विशेष कमिटी र विभागहरू गठन गर्ने काम आज साँझसम्म सकिन्छ।

पार्टी एकताका सबै काम सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरेपछि देशब्यापी रूपमा अभियान लिएर जनतामा जाने उनले बताए।

‘पार्टी कमिटी र जनतासँग सम्बन्ध सुदृढ बनाउन देशैभर अभियानमा जान्छौं,’ उनले भने, ‘पार्टी एकताको काम तीन महिनामा सक्ने भनिएको थियो। ढिला भएकै हो तर काम फत्ते गरेका छौं।’