६ असार २०८३, शनिबार
,
Latest
बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी र डुवानको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । बाढी पहिरो र डुवानका कारण नेपालसहित दक्षिण एसियाका देशहरु प्रभावित भएकोमा संयुक्त राष्ट्रसंघका महासचिवले दु:ख व्यक्त गरेका छन् ।

महासचिव एन्टोनियो गुटेरेसका सहायक प्रवक्ताले विज्ञप्ति जारी गरी मनसुनी बर्षा र त्यसपछि आएका बाढीका कारण जीवन गुमाएका, घरवार र सम्पत्ति गुमाएका नेपाल, भारत, बंगलादेश र म्यानमारका वासिन्दाप्रति सहानुभूति व्यक्त गरेका छन् ।उनले बाढी र पहिरो प्रभावित देशलाई मानवीय सहायता गर्न तयार रहेको बताएका छन् ।

महासचिव गुटेरेसले मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइते हुनेहरुको सीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।