६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकूद विधेयक छिट्टै निष्कर्षमा पुग्दै



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा, विधायन समितिमा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् र विभिन्न खेलकूद सङ्घबीचको अन्तरसम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ ।

राष्ट्रिय खेलकूद विकास विधेयकबारे समितिमा आज भएको छलफलमा सांसदहरुले राष्ट्रिय खेलकूद परिषद्मा नेपाल ओलम्पिक कमिटी र खेलकूद सङ्घलाई अनिवार्यरुपमा आबद्धता गर्न आवश्यक रहेको सुझाव दिनुभयो । ओलम्पिक कमिटी र सङ्घलाई परिषद् आबद्धता मात्रै गर्ने वा दर्ता नै गर्नुपर्ने कानूनी व्यवस्था गर्ने भन्ने बारेमा सांसदहरुले विभिन्न कोणबाट सुझाव दिनुभएको सदस्य ठगेन्द्रप्रकाश पुरीले जानकारी दिनुभयो ।

समितिको मङ्गलबार बस्ने बैठकले सांसदहरुले दिनुभएका सुझावलाई समेटेर विधेयकलाई निष्कर्षमा पु¥याउने सभापति परशुराम मेघी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “बैठकमा खेलकूद सङ्घ, ओलम्पिक कमिटी र परिषद्बीचको अन्तरसम्बन्धलाई कसरी व्यवस्थितरुपमा व्यवस्थापन गर्ने विषयमा केन्द्रित रहेर छलफल भयो ।”

ओलम्पिक कमिटी र परिषद् मातहत रहेका सङ्घबीचको सम्बन्धलाई व्यवस्थित तुल्याउँदै समग्र खेलकूद क्षेत्रको विकासलाई समयानुकूल तुल्याउने ऐन तर्जुमा गर्न आवश्यक रहेको सांसदहरुले बैठकमा सुझाव दिनुभएको थियो ।