६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डले नै विश्वकपको उपाधी जित्छ: रिकी पोन्टिङ



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाका सहायक प्रशिक्षकको भूमिका निभाएका रिकी पोन्टिङ अब इंग्ल्यान्डले नै विश्वकपको उपाधी जित्ने बताएका छन् ।

पोन्टिङले भनेका छन्– मलाई लाग्छ कि इंग्ल्यान्डले विश्वकप जित्नेछ । मैले विश्वकप सुरु हुनुअघि नै भनेको थिएँ की इंग्ल्यान्डलाई हराउन सजिलो छैन । मैले पहिले पनि विश्वकप जित्ने प्रमुख दाबेदार टिमको रुपमा लिएको थिएँ । अहिले पनि इंग्ल्यान्डले नै जित्छ जस्तो लागेको छ ।’

यो पटक इंग्ल्यान्डका खेलाडीमा राम्रो प्रतिभा भएको कारण उपाधि जित्न सक्ने पोन्टिङ बताउँछन् ।

विश्वकप क्रिकेटमा लगातार तीन ठूला टिमलाई जितेपछि घरेलु टोली इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्नुअघि इंग्ल्यान्डले लगातार भारत र न्युजिल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।इंग्ल्यान्ड चौथो पटक विश्वकप फाइनल खेल्दैछ भने न्युजिल्यान्ड दोस्रो पटक ।