६ असार २०८३, शनिबार
,
Latest
रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोबाट ३२ जनाको मृत्यु, १७ जना बेपत्ता



अ+ अ-

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । सत्र जना बेपत्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार हालसम्म विभिन्न ठाउँबाट ८३१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी १२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा पाँच तथा काठमाडौँ, खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा तीन÷तीन जनाको मृत्यु भएको छ ।

यस्तै धादिङ र सिन्धुलीमा दुई÷दुई तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएको थापाले जानकारी दिनुभयो ।

महोत्तरीमा ५००, रौतहटमा २००, सिन्धुलीमा ७०, काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिरहामा दुई तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जनाको उद्धार गरिएको छ । मकवानपुरमा चार, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक÷एक जना घाइते भएका छन् । सिन्धुलीमा चार, भोजपुरमा दुई तथा काठमाडौँ, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र ललितपुरमा एक÷एक जना बेपत्ता भएको थापाले बताउनुभयो ।

बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको जनाएको छ ।

यस्तै इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर आज घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिनुभयो ।

उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको बताइएको छ । निरन्तरको पानीका कारण उद्धार कार्यमा समस्या भएको उहाँले बताउनभयो । खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो ।

यता पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्गअन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । बिहान ८ः०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा अपराह्न ३ः०० बजेबाट एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो ।

वर्षा नरोकिएका कारण झरेको सबै पहिरो पन्छाउन नसकिएकाले अहिले एकतर्फी भए पनि सवारीसाधन सञ्चालनमा आएका छन् । सडक खुलेपछि रोकिएर रहेका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् । राजमार्ग अबरुद्ध भएपछि पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम क्षेत्रबाट तराई जान छुटेका र यसतर्फ आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका साथै जाजरकोटको नलगाड नगरपालिकास्थित छेप्का–कैना सडक अबरुद्ध भएको छ । लगातारको वर्षात्सँगै सडकको तिमिलेचौर, सिस्नेरी, छेप्का, कैनालगायत स्थानमा पहिरो खसेर तथा सिस्नेरीस्थित हम्काखोलामा पानीको बहाव बढेर सडक अबरुद्ध भएको वडाध्यक्ष प्रचण्ड ओलीले बताउनुभयो ।

पहिरोका कारण छेप्कादेखि कैनाका लागि छुट्ने यातायातका साधन कालीमाटी छेप्कामा थन्किएका छन् । छेप्का–कैना सडकको पहिरो व्यवस्थापन तथा सडकको स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती भएको छ । सडकमा यातायात अबरुद्ध भएपछि नलगाडका वडा नं २, ३, ४, र ६ का टट्टा, चाउलेचौर, करुवा, लहँ, भारगाउँ, गर्छिना, कुशे गाउँपालिका तथा बारेकोट गाउँपालिकालगायत दुर्गम गाउँका बासिन्दालाई समस्या भएको कैनाका व्यापारी वीरेन्द्र खड्काले बताउनुभयो ।

खोलामा सडक पुल नहुँदा तथा तारजाली, ढल निकास, ग्राभेललगायत कार्यको उचित प्रबन्ध नहुँदा कच्ची सडकमा यातायात सञ्चालन बन्द भएका छन् । सडक बन्द हुँदा दुर्गमका बासिन्दा मर्कामा परेका छन् । सडकमा यातायात सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तु तथा विकास निर्माण सामग्रीलगायतको ढुवानीमा समस्या भएको छ ।