६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजुरीबाट २४५ किलो गाँजासहित एक जना पक्राउ



अ+ अ-

धादिङ । गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का ४१ वर्षीय वीरबहादुर लामालाई पक्राउ गरिएको छ ।

आरोपितलाई प्रतिबन्धित लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा लगाइने प्रहरीे जनाएको छ । पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।