६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलमग्न विराटनगर, मुख्यमन्त्री कप धरानमा सारियो



अ+ अ-

विराटनगर । तीन दिनदेखि लगातार परेको वर्षाका कारण विराटनगर जलमग्न बनेको छ । बजार क्षेत्रमा परेको पानी निकास हुने नाला भत्किएका कारण बजार क्षेत्र जलमग्न बनेको हो ।

विराटनगर मुख्यबजार क्षेत्रमा क्षेत्रिय सहरी विकास परियोजना अन्तरगत सडक ढल तथा निकाश नाला निर्माणको काम भइरहेको छ । असार लागेका कारण परियोजनाको काम पनि रोकिएको छ । तर बजार क्षेत्रमा भत्काइएका निकाश नाला मर्मत नहुँदा पानीले बजार क्षेत्र जलमग्न भएको हो ।

परेको पानी निकाश नहुँदा कोशी अस्पतालमा प्रवेश द्वार नै जलमग्न छ । सेवाग्राहीहरू कष्टले अस्पताल प्रवेश गर्नुपर्ने अवस्था छ । विराटनगर महानगरपालिकाले क्षेत्रिय सहरी विकास परियोजनाको कामलाइ द्रुतगतिमा सञ्चालन नगर्दा गत वर्षपनि सानो पानी पर्दा बजार क्षेल जलमग्न थियो ।

बाटोको चारैतर्फ जमेको पानी स्थानीय व्यापारीहरूको सटर र पसलमा समेत प्रवेश गरेको छ । सटर र पसलहरूमा पानी छिरेका कारण बेच्नका लागि राखिएका सामग्री नष्ट भएर आर्थिक क्षति बेहोर्नु परेको स्थानीय व्यापारी विजय महतोले गुनासो गरे ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विराटनगर दरैया क्षेत्र बढी डुबानमा परेको बताउँछन् । उनका अनुसार विराटनगररको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्र बढी डुबानमा परेको छ ।

विराटनगरको बजार क्षेत्र निर्माणको चरणमा रहेका कारण पानी पर्दा डुबानमा परेको मेयर भीम पराजुली बताउँछन् । पानी ब्लकेज भएपछि बजार क्षेत्रमा स्काभेटर प्रयोग गरेर ब्लकेज खोल्ने काम भइरहेको उनको भनाइ छ । महानगरपालिका निर्माणको चरणमा रहेका कारण जनताले दुःख पाएको बताउँदै उनले सर्तक रहन आग्रह गरे ।

पानीकै कारण विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप पनि धरान सारिएको छ । मुख्यमन्त्री कप आज बिहीबारदेखि सुरु गर्ने कार्यतालिका थियो । तर उद्घाटन खेल हुने विराटनगर शहीद रंगशाला पानीले डुबेपछि प्रतियोगिता धरानमा सारिएको हो ।