काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।
३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको संकटा पुलिसलाई हराएर संकटा शीर्ष तीनमा उक्लन चाहन्छ ।
५ अंक जोडेर सातौं स्थानमा रहेको पुलिस पनि संकटालाई हराएर शीर्ष तीनमा उक्लन चाहन्छ ।
यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले प्रतिस्पर्धा गर्दैछन् । सो खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।
पहिलो अंकको खोजीमा रहेको जावलाखेलले अघिल्ला तीन खेलमा लगातार हार ब्यहोरेको छ । जावलाखेल अंक विहीन रहदै पुछारमा रहेको छ ।
यता, ब्रिगेड भने दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।












