२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युट्युब ट्रेण्डिङको पहिलो स्थानमा ‘फाटेको जुत्ता’



अ+ अ-

गत शुक्रबार युट्युबमा सार्वजनिक भएको चलचित्र ‘फाटेको जुत्ता’ट्रेण्डिङको पहिलो स्थानमा पुगेको छ । यस चलचित्र चार दिनमा २२ लाख भन्दा बढी पटक हेरिएको छ । चलचित्रलाई २८ हजार बढीले लाइक गरेका छन् भने डिसलाइक गर्नेको संख्या ३ हजार पाँच सय भन्दा बढी छ । २ हजार ३ सय बढि दर्शकले चलचित्रमा कमेन्ट गरेका छन् । प्रतिक्रिया मिश्रित खालका छन् ।

‘अर्जुन कुमार फिल्मस्’को व्यानरमा बनेको यस चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र प्रियंकासँगै रवीन्द्र झा, कामेश्वर चौरासिया, अनोज पाण्डेलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा दयाहाङ राई र वर्षा राउतको पनि अभिनय छ ।

अर्जुन कुमारको लगानी रहेको चलचित्रमा निरज कँडेलको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ । चलचित्रमा प्रवेश मल्लिक र शंकर थापाको संगीत रहेको छ भने कविराज गहतराज र राजिव समर नृत्य निर्देशक हुन् ।

दुई वर्षअघि प्रदर्शन भएको यस चलचित्रले हलमा खासै दर्शक पाएनको थिएन् । समीक्षात्मक रुपमा पनि चलचित्रले प्रशंसा पाएको थिएन् ।