६ असार २०८३, शनिबार
,
Latest
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी परीक्षण रोक्ने सरकारी निर्णयप्रति मानव अधिकार आयोगको आपत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले विषादी परीक्षण रोक्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले उपभोग्य बस्तुहरुमा विषादीको मात्रा र अवस्थाको जाँच नगरी आयात हुने गरेको पाइएको भन्दै यसबाट आम उपभोक्ता, विषादी प्रयोगकर्ता किसान तथा कामदार र नीति निर्माताहरुको समेत स्वास्थ्यमा गम्भीर असर पर्ने जनाएको छ ।

आयोगले विषादीका कारण सिर्जना हुने मानवीय तथा वातावरणीय क्षती रोक्नुपर्ने सरकारको दायित्व भएकाले आयातित र मुलुकभित्रै उत्पादन हुने तरकारीलगायतका खाद्य बस्तुमा जथाभावी भइरहेका विषादी प्रयोगलाई निरुत्साहित गर्न माग गरेको छ ।

मानवअधिकारलाई मौलिक हकको रुपमा संवैधानिक संरक्षण प्रदान गरी नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय बस्तु सेवा पाउने हक हुने एवम् गुणस्तरीय बस्तु र सेवाबाट कसैलाई हानी पुगेमा क्षतीपूूर्ति पाउने हकको सुनिश्चतता गरेको छ । त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ ले आम उपभोक्ताको सूचित र सुरक्षित हुन पाउने अधिकारलाई सुनिश्चत गरेको छ । त्यस्तै धारा ३०मा स्वच्छ वातावरणको हकको हुने धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको समेत व्यवस्था गरेको छ ।