६ असार २०८३, शनिबार
,
Latest
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैको पत्र वा दबावमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको होइन : आपूर्तिमन्त्री



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल भित्रने तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् । उनले सचिवहरुले आफूलाई डुबाएको आरोप समेत लगाए ।

उनले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे ।’यद्यपि प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको उनको स्पष्टीकरण छ ।

निर्णय गर्ने बेलामा सचिवहरुले विषादी परीक्षणबारे नेपालको क्षमताबारे भन्दै नभनेको मन्त्री यादवले बताए । ‘अरु सचिवले थाहा पाएनन् तर प्रधानमन्त्री कार्यालयका सचिवले यो कुरा बुझ्नुपर्थ्यो ’ उनले भने ।

मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै सबै जिम्मा आफैं लिने बताए । ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभई निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु । पूर्वाधार बनाएपछि विषादी परीक्षण सुरु हुन्छ’ उनले भने ।

मन्त्री यादवले भने पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु’ उनले भने, ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।’