६ असार २०८३, शनिबार
,
Latest
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु



अ+ अ-
फाइल फोटो

विराटनगर। कोसी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट सोमबार साइकल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुर घर भई बुढीगंगा–४ मा डेरा गरेर बस्ने ३४ वर्षीय लोकबहादुर खड्गीको मृत्यु भएको मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

श्रेष्ठलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।दुर्घटनामा घाइते भएका खड्गीको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मध्यान्ह १२ बजे मृृत्यु भएको हो।

बाटो काट्ने क्रममा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको उनले बताए । प्रहरीलेमोटरसाइकल र चालक सुनसरी सोनापुरका २६ वर्षीय विष्णु चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।