२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री नै भन्छन्, ‘प्रदेशैपिच्छे परीक्षण भइरहेको थियो, अचानक रोकियो !’



अ+ अ-

काठमाडौं । भारतबाट आयात गरिने तरकारीजन्य उत्पादनको विषादी परीक्षण गर्न प्रयोगशाला नभएको सरकारले कारण देखाएको छ। तर, नेपालमा यसका लागि पर्याप्त प्रयोगशाला छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजधानीसहित प्रादेशिक संरचनाअनुसार कर्णालीवाहेक ८ स्थानमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाई’ सञ्चालनमा ल्याएको छ। त्यसवाहेक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अन्तर्राष्ट्रिय मापदण्ड र मान्यता प्राप्त केन्द्रिय प्रयोगशाला पनि छ।

खाद्य विभागको बाहेक सञ्चालनमा रहेका ८ प्रयोगशालामा भएका फोटोस्पेक्टोमिटरको सहयोगमा तरकारी तथा फलफूल ‘खान लायक छ वा छैंन’, ‘केही दिन पर्खेर खान सकिने’ वा ‘नष्ट नै गर्नुपर्ने’ ५ मिनेटमै पत्ता लगाउन सकिन्छ।

‘दबाब थेग्न नसकेपछि’ सरकारले उल्टो प्रस्टीकरण दिएको यसका विज्ञहरूले बताए। सरकारको यो निर्णयका कारण आम उपभोक्ताको स्वास्थ्य जोखिममा पर्नुका साथै किसानको स्वदेशी बजार गुमेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले पनि आइतबार प्रतिनिधी सभाको बैठकमा तत्कालै जीवनाशक विषादीको अवशेष परीक्षण गर्ने उपकरणसहितको भौतिक पूर्वाधार कर्णालीबाहेकका ७ प्रदेशको ८ स्थानमा रहेको प्रष्टिकरण दिएका छन्।

घुमाउरो रुपमा मन्त्री खनालले प्रधानमन्त्री र बाणिज्य मन्त्रालयको भनाईलाई खण्डन गर्दै विषादीको दर मापन गर्ने प्रयोगशाला सञ्चालनमा रहेको खुलाए। उनले दुई प्यारामिटर कार्वानेट र अर्गानोफस्फेट समूहको विषादी परीक्षण गर्ने क्षमताका यस्ता प्रयोगशाला भएको प्रतिनिधीसभामा जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।