२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानमन्त्री ओली हास्यास्पद पात्र बन्नुभयो’



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरे। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री ओलीजी हाँस्यस्पद पात्र बन्नुभयो। विहान उठ्दा देशभक्ती कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ती गर्नुहुन्छ।’

उनले ओलीको कार्यशैली चित्तबुझ्दो नभएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीले विहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकोले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुनेबित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनुभएछ’, उनले भने।

गुरुङले आईफा अवार्ड नेपालमा आयोजना गर्ने सवालको कुरा उठाउँदै सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीबादी चरित्र देखाएको पनि आरोप लगाए। उनले भने, ‘चर्को विवाद भएपछि आइफा अवार्ड नेपालमा आयोजना नहुने भनिएको थियो, फेरि अहिले प्रधानमन्त्री ओलीले जसरी पनि नेपालमा गराएरै छोड्ने भन्नुभएछ, उहाँ एक्कासी फेरि दिल्लीभक्त हुनुभयो।’

नेपालका नेताले यही देश र यहाँको जनताको लागि राजनीति गर्नुपर्ने बताउँदै कसैलाई खुसी तुल्याउनको लागि जे मन लाग्यो त्यही निर्णय गर्न नहुने उनको भनाई छ। उनले भने, ‘अब कांग्रेसले टुलुटुलु हेरेर बस्दैन् । यो सरकारलाई हामी आन्दोलनबाटै ढाल्छौं। सरकार नालायक भयो।’

वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाईको भारी बोक्न नसक्ने उनको ठोकुवा छ। उनले भने, ‘दुई तिहाईको भारीले थिचेर ओलीजीको मृत्युवरण हुन्छ कि भन्ने डर लागेको छ।’ उनले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेकोले सरकारविरुद्ध आन्दोलन आजको आवश्यकता भैसकको पनि सुनाए।

गुरुङले आफ्नो पार्टीभित्र पनि अहिले किचलो रहेको स्वीकार गरे। उनले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि पनि अब छिटोभन्दा छिटो महाधिवेशन गराउनुपर्ने आवश्यकता औंल्याए।

२०७९ मा स्थानीय तहको निर्वाचन भएकोले आगामी २०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि उनले सुनाए।

कांग्रेसमा गणेशमान सिंह, विपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरजस्ता नेताहरु नभएको कारण किचलो हुनु र नेतृत्वको लागि होडबाजी चलेको उनको भनाई छ। अहिले नेतृत्वदायी भूमिकामा बसेका नेताहरुले एक आपसमा सिँगुरे खेलेर बसिरहे आफूजस्ता युवा नेताहहरुले नेतृत्वको लागि अब कदम चाल्ने पनि उनको उद्धघोष थियो।

पार्टीको झण्डामा रहेको चार तारामध्ये एक ताराले धार्मिक स्वतन्त्रताको वकालत गरेकोले अहिले हिन्दूराष्ट्रको गुञ्जायस नभएको गुरुङको भनाई छ। उनले भने, ‘नेपालमा गणतन्त्रको विकल्प छैन। बरु, यो भ्रष्ट सरकारको विकल्प छ। किनकी यो सरकार भ्रष्टाचारी, राष्ट्रघाती र नालायकी परिचित छ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।