६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा टिपरको ठक्करबाट एकको मृत्यु, २ घाइते



अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्लाको सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको मृत्यु भएको हो ।

दुर्घटनामा परि अन्य २ घाइते भएका छन् । घाइते हुनेमा मृतकको ५० वर्षिया श्रीमती सीता वली र कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान गोरूसिङगेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपर र भेलाईबाट गोरूसिङगे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरेक्सा एक आपसमा ठोक्किएका हुन् । टिपरले अटोरेक्सालाई ठक्कर दिँदा अटोरेक्सामा सवार रहेका वलीको घटना स्थलमै मृत्यु भएको हो ।

घाइतेको ४ नम्बर सामुदायीक अस्पतालमा उपचार भइरहेको पथ्थरकोट प्रहरीले जनाएको छ ।