२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्छी गाउँपालिका अध्यक्षको यस्तो चर्चिकला, नक्कली बिल पेश गरी सेवासुविधा लिएको खुलासा



अ+ अ-

काठमाडौं । गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि क्षेष्ठले सञ्चालनमा ल्याएको उद्योगले स्थानिय तहमा कर तिरेको नक्कली बिल पेश गरी विभिन्न सेवासुविधा लिएको खुलासा भएको छ ।

गल्छी गाउँपालिकामा बालुवाखानी सञ्चालन लगायत विभिन्न निमार्ण कार्यको जिम्मा लिने गरेको एस केवि कन्टक्सन एण्ड सप्लायसले ३ महिनाको सम्पती कर १ लाख १३ हजार २ सय ८० रुपैयाको नक्कली राजस्व तिरेको रसिद प्रयोग गरि सेवा सुविधा लिएको खुलासा कान्तीपुर दैनिकले गरेको छ ।


छोरा भेट्न असार ५ गते अमेरीका तर्फ लागेका अध्यक्ष श्रेष्ठले भिषा लिदा अमेरीकी दुतावासमा जेष्ठ ९ मै गाउपालीकामा कर चुक्ता गरेको रसिद नम्बर ०००२०३७ पेस गरेका थिए । सम्पती कर बुझाएको उक्त रसिदको रकम आन्तरीक राजस्व शाखामा भने जम्मा भएको छैन । उक्त रसिद लिन अध्यक्षले छोरा सुरेन्द्र श्रेष्ठलाई प्रयोग गरेको बुभिलएको छ ।


उक्त मीतिको रसिद र रकमवारे गाउँपालीकाका प्रमुख अधिकृत दान बहादुर ऐडीले कार्यालयमा छलफल भइरहेको बताए । कसरी उक्त रकम मिलान गर्ने वा राजस्वमा जम्मा भएको कसरी देखाउने भन्ने विषयमा हैरानी भएको गाउँपालीकाका एक वडा अध्यक्षको भनाई छ । कर मिनाहा गराउने वा छोरा सुरेन्द्रसंग अशुल्ने भन्नेवारे छलफल भईरहेको उनले बताए ।

अध्यक्ष श्रेष्ठ अमेरीका गएका कारण गाँउपालीकाले आगामी आवको लागी निती तथा कार्यक्रम ल्याउन सकेको छैन । आफै कर निधारण र लागु पर्ने जनप्रतिनीले नै कर नतिरेर नक्कली विल पेस गरेको ठहरीए । किर्ते कागजातको महल अनुसार कारबाही हुने जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको भनाई छ ।