२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँ गयो प्रेमीसँग मिलेर आमाको हत्या गर्न दिएको २२ लाख रुपैया ?



अ+ अ-

काठमाडौं । कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ ।

मोहम्मद नौसाद र मृतककी छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्कु प्रहार गर्ने माहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई ६ दिन थुनामा राख्न अदालतबाट म्याद लिइएको छ ।
गत आइतबार भक्तपुर चाँगुनारायण नगरपालिका ७ बाँसबारीस्थित घरमा सावित्री भट्टराईको घाटी रेटी हत्या गरिएको थियो । हत्याको मुख्य कारण मृतककी कान्छी छोरी ईश्वरी र २३ वर्षिय अविवाहित मोहम्मद नौसादबीच कायम विवाहेत्तर प्रेम रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्याको घटनासँगै परिवार सदस्यले घरबाट २२ लाख हराएको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीका निम्ती जग्गा किन्न भन्दै २२ लाख जुटाइएको थियो ।

प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीसँग इश्वरी र श्रीमानले घर बनाउन १२ लाख सापटी लिएका थिए । दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका श्रीमानले सहकारीबाट १६ लाख ऋण लिएका थिए । हाल उक्त रकम हराइरहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।