२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले भने : ‘अन्धाधुन्ध सम्बन्धन नदिनुस्’



अ+ अ-

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम क्षेत्रको पहिचान, श्रम शक्तिको उत्पादन र समुचित उपयोग हुने नीति तथा कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पोखरा विश्व–विद्यालयको २०औँ साधारण सभालाई मङ्गलबार बालुवाटारमा उद्घाटन गर्दै सो विचार व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा विश्वविद्यालयले योजना बनाउन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको विकास गर्ने जनशक्ति बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पाए पनि सीप र क्षमता छैन । त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यान्वयन सुरु गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले शासकहरूमा दृष्टिकोण अभाव हुँदा नेपाल केही समय पछि परे पनि अब यो अवस्था लामो समय रहँदैन भन्नुभयो । उहाँले देशको आवश्यकता र शिक्षाको तादात्म्यता नमिल्दा शिक्षित जनशक्ति पनि बेरोजगार बन्नुपरेको बताउनुभयो ।

उहाँले मुलुकको आवश्यकता र श्रम क्षेत्रको पहिचान हुन नसक्दा शिक्षामा गरिएको लगानी र समय खेर गएको चर्चा गर्दै रोजगारीका अवसर कहाँ छन् भन्ने पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयले पनि नयाँ शैक्षिक संस्थालाई सम्बन्धन दिँदा मुलुकको आवश्यकता र रोजगारीको अवस्थालाई विचार गरेर सम्बन्धन दिनुपर्ने बताउनुभयो ।

“खेत बेचेर पाइलट बनेका छन् तर हवाईजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ,” मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेल नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “हलो जोतेर खाने खेत पनि छैन । हवाईजहाज पनि छैन । ”
पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरूले तत्कालै रोजगारी नपाउने स्थिति भएको प्रधानमन्त्री ओलीको जिकिर थियो । शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेसामा खपत नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तालिमहरू दिँदा कामसँग जोडेर दिनुपर्छ । रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम लाग्दैन । काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्वविश्वविद्यालयहरू लाग्नुपर्छ ।”

विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजनाअनुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका पदाधिकारीलाई उहाँले निर्देशन दिँदै भन्नुभयो, “अन्धाधुन्ध सम्बन्धन नदिनुस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस् । सम्झाएर पठाउनुस् । अर्को विषय पढ्न भन्नुस् । प्राविधिक विषयमा जानुस् । ”
कतिपय विश्वविद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकता पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ । प्रधानमन्त्री ओलीको प्रश्न छ, “भारी बोक्नेले भारी बोकेर खान्छ, जब ऊ विश्वविद्यालय जान्छ, गिटी कुट्न छाड्छ । मैले एकपटक प्राध्यापकहरूलाई भनेको थिएँ, तपाईंहरूका हातमा परेपछि विद्यार्थी बेरोजगार हुन्छन् । यस्तो अवस्था किन हुन्छ ?”

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले पनि जनशक्तिको प्रक्षेपण र प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्दै अव्यवस्थित जनशक्ति उत्पादन हुने प्रकारले नजान आग्रह गर्नुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।