२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौंथली र चमेरा मानव अतिक्रमणमा



अ+ अ-

काठमाडौं । मानिस जीवजन्तु सबैलाई वासस्थानको खाँचो पर्छ तर वासस्थान नै संकट परेपछि स्वाभाविकै हो अस्तित्व संकटमा पर्छ । पाल्पाको हकमा पनि यस्तै भएको छ । गौथली र चमेराको वासस्थानमा मानव अतिक्रमण बढेपछि यसको अस्तित्वमा संकट आउन थालेको हो ।

मुखको चुच्चोमा माटो बोकेर घरका दलिन र कापहरुमा गुँड बनाउने र चिरबिर चिरबिर आवाज निकालेर मनलाई पुलकित बनाउने गौंथली आजभोलि बिरलै देखिन्छन् । पुराना घरहरु काठद्वारा बनाइने र गुँड बनाउन मिल्ने भए पनि आजभोलि सिमेन्टको चलन बढेकाले यसको अस्तित्व संकटमा परेको हो ।

केही वर्ष पहिलेसम्म रुखभरि झुन्डका झुन्ड देखिने स्तनधारी पक्षी चमेरो पनि यहाँ आजभोलि बिरलै देखिन थालको छ । मानव अतिक्रमण र वाससथनमा संकट देखिएपछि चमेरा संकटमा परेको हो ।

पाल्पा सदरमुकाम तानसेनको अमरनारायण फूलबारी, मदनपोखराको दमकडा, अर्गलीको देउराली क्षेत्र, राम्दी, रामपुरलगायतका ठाउँमा रहेका ठूलाठूला रुखमा यो पंक्षीले आश्रय लिने गरेकोमा रुख कटानी, मानव अतिक्रमण र बिजुलीका कारण करेन्ट लागेर मर्न थालेपछि यसको अस्तित्वमा संकट आएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।