२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

करीनाको लुक्सको ट्रोल: प्रशंसक भन्छन्- आन्टी रिटायर हुने बेला आयो !



अ+ अ-

क्यान्सर रोगलाई जितेर बलिउड फर्केका अभिनेता इरफान खानले पूनः फिल्म बनाउँदैछन् ।यस फिल्म ‘अंगेजी मिडियम’ मा उनको साथमा नायिका करीना कपुर पुलिसको भूमिकामा देखिंदैछिन् । यस्तैमा यसै फिल्मसँग सम्वन्धित करीनाको एक फोटो अहिले सामाजिक संजालमा देखिएको छ ।

उक्त फिल्ममा करीनाले महिला प्रहरी अधिकृतको भूमिका निर्वाह गरेकी छिन् । उक्त फिल्ममा करीनाले पहिलो पटक इरफान खानसंग अभिनय गरेकी छिन् । यतिबेला धमाधम फिल्मको छायांकन भैरहेको छ । फिल्मको छायांकनका लागि करीना अहिले लण्डनमा छिन् । हालै मात्र उक्त फिल्मको यूनिटबाट करीनाको फस्ट लूक सार्वजनिक भएको छ ।

फिल्म समिक्षक तरण आदर्शले आइतवार करीनाको फोटोलाई आफ्नो ट्विटरमा शेयर गरे लगत्तै आम मानिसहरुले करीनालाई ट्रोल बनाउन शुरु गरे उनिहरुले करीनालाइ आन्टी जस्ती देखिएकी भन्दै जायरा वासिमले जस्तै अब रिटायर हुने बेला आएको कमेन्ट गरेका छन्। तस्बिरमा करीना ब्राउट टप्स तथा डेनिम जिन्समा देखिएकी छिन् । सन् २०१६ मा प्रदर्शन भएको ‘हिन्दी मीडियम’ लाई दर्शकले निकै रुचाएका थिए । उक्त फिल्मको सिक्वेलमा पुनः एक पटक इरफान खान मुख्य भूमिकामा देखिने छन् ।

फिल्ममा इरफान र करीनाका अतिरिक्त राधिका मदान पनि महत्वपूर्ण भूमिकामा छिन् । इरफानसंग काम गर्न पाएकोमा करीना पनि निकै खुशी छिन् । यो फिल्मको छायांकन गत अप्रिलमा भारतको उदयरपुरबाट प्रारम्भ भएको थियो । मुम्बईको सेड्यूल सम्पन्न भएपछि यो फिल्म छायांकनको क्रममा लण्डन पुगेको हो ।