२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमप्रति प्रधानमन्त्रीको आक्रोशः ऋण तिर्ने बेला आँखा चिम्लेर काँध नथाप्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब ऋणमा रहेको नेपाल वायुसेवा निगमलाई सरकारले ऋण तिरिदिएर ‘अब नउकास्ने’ बताएका छन् ।

निगमको ६१ औं वार्षिकोत्सव अवसरमा सोमबार राधानीमा आयोजित समारोहमा पर्यटन मन्त्रालयको समेत जिम्मेबारी लिइरहेको प्रधानमन्त्री ओलीले आफ्नै पहलमा बनेको निगम नेतृत्वप्रति आक्रोस व्यक्त गरे ।

जहाज खरिद गर्दा जमानी बसेको सरकारले ऋण तिर्ने बेला आँखा चिम्लेर काँध नथाप्ने उल्लेख गर्दै ओलीले भने ,‘साग बेच्नेले ट्याक्स तिर्छ । किसानले रुखबारीको तिरो तिर्छ । त्यो पैसा उठाउँदै वायुसेवा निगमको ऋण तिर्नुपर्ने रु वायुसेवा भनेको दान, पुण्य र समाज सेवा होइन । व्यापार हो । निःशुल्क स्वास्थ शिविर राखेजस्तो नराख्नू । आफूलाई टिकाउन आम्दानी गर्नुपर्छ । ’

निगम पर्यटनमार्फत देशकै अर्थतन्त्रमा योगदान पुर्याउने संस्था भएको सम्झाउदैं ओलीले भने ,‘सरकार काँध थाप्छ, तर आँखा चिम्लेर थाप्दैन । यसको व्यवस्थापन र सञ्चालन उपयुक्त ढंगले हुुनपर्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।