२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाको कमाल : लथालिंग कांग्रेस, भताभुंग भ्रातृसंस्था



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा प्रभावकारी भूमिका खेल्न नसकेको सार्वजनिक आलोचना चलिरहेको छ । एकातिर संघीय संरचनाअनुसार समितिहरू बनाउन नसकेर कांग्रेस लथालिंग छ, अर्कोतिर उसका भ्रातृ र शुभेच्छुक संस्थाहरू पनि भताभुंग अवस्थामा छन् ।

नेविसंघ कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था हो । कलेज र विश्वविद्यालयसम्मका विद्यार्थीहरू संगठित हुँदै पार्टी राजनीतिमा आउने यो संगठनलाई पार्टीको नर्सरी मानिन्छ । गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थका कारण नेविसंघमा सबैभन्दा बढी भद्रगोल छ । निर्वाचित अध्यक्ष महरले नियमित दुई वर्ष र थप गरिएको ६ महिनामा पनि महाधिवेशन गर्न नसकेपछि समय सकिएपछि राजीनामा गत माघको अन्तिममा राजीनामा दिएका थिए ।

महाधिवेशन भएपछि तरुण दलको अब ६ महिना मात्र कार्यकाल बाँकी छ । साढे दुई वर्षदेखि दलमा अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङ मात्र छन् । कार्यकाल सकिन लाग्दासमेत ९५ सदस्यीय समिति बन्न सकेको छैन । दलका महासचिव पार्टी नेतृत्वकै कारण दलको यस्तो हालत भएको बताउँछन् ।

भानु सिग्देल सभापति भएर दुईपटक उनी नै किसान संघको नेतृत्वमा दोहोरिए । उनको कार्यकाल सकिएको १४ वर्ष बढी भइसक्यो, तर महाधिवेशन भएको छैन ।

१२ वर्षअघि वीरगन्ज महाधिवेशन भएपछि हुन सकेको छैन । कमल चित्रकार र चितकुमार श्रेष्ठपछि टंकप्रसाद शर्मा कडेल संघमा सभापति छन् । ७० जिल्लामा संगठन भएको संघको ०६९ साल फागुनमा नवलपरासीको गैँडाकोटमा महाधिवेशन गर्ने अन्तिम तयारी थियो । नेतृत्वले चार दिनअगाडि रोकिदिएपछि अहिलेसम्म महाधिवेशन हुन सकेको छैन ।

०६४ सालमा पार्टी एकीकरण भएदेखि नै इन्द्रबहादुर गुरुङ सभापति छन् । नयाँ संरचनाअनुसार विधान बनाएर ७४ साल फागुनमा पार्टीमा पेस गरे पनि पार्टीले कुनै निर्णय नदिएर आफूहरूलाई बन्दी बनाएको गुरुङ गुनासो गर्छन् । ६० भन्दा बढी जिल्लामा सञ्जाल रहेको संघमा पुरानो विधानअनुसार ५५ जिल्लाको अधिवेशन भइसकेको थियो । अब संघीय संरचनाअनुसार विधान बनाएर महाधिवेशनमा जानुपर्ने गुरुङ बताउँछन् । ‘पार्टी एकीकरण भएदेखि म सभापति छु । ६० र ४० प्रतिशतको भागबन्डाले काम गर्न पाइएन,’ उनी भन्छन् ।

०६९ सालमा चौथो महाधिवेशनबाट मीन विश्वकर्मा अध्यक्ष भएको सात वर्ष बितिसकेको छ । नियमित तीन वर्ष र एक वर्ष थप पाउने गरी चारवर्षे कार्यकाल सकिएर पनि थप तीन वर्षको समय सकिएको छ । तर, पनि दलित संघको महाधिवेशन हुन सकेको छैन । यही असारे २५ देखि २७ सम्म महाधिवेशनको मिति तोकिए पनि हुने अवस्था छैन । संघका अध्यक्ष मीन विश्वकर्मा दुईपटक महाधिवेशन तोकिए पनि हुन नसकेको बताउँछन् ।

०६६ वैशाखमा केन्द्रीय समितिको निर्णयअनुसार गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अहिलेसम्म महाधिवेशन हुन सकेको छैन । समितिमा भोजराज श्रेष्ठको अध्यक्षतामा पाँच पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति छ । मनोनीत गर्न बाँकी दुई सदस्य अझै पूर्ण भएको छैन । संघका महासचिव ओमप्रकाश बन्जाडेले पार्टीले बजेट नदिँदा महाधिवेशन अन्योल भएको बताए । ‘हामीले पार्टीसँग ४० लाख बजेट मागेका थियौँ । २० लाख जति पनि दिन नसक्नेजस्तो कुरा पार्टीबाट आयो,’ बन्जाडेले भने ।

कवेलबहादुर तामाङ अध्यक्ष रहेको संघको पनि महाधिवेशन हुन सकेको छैन । उनको चारवर्षे कार्यकाल सकिइसकेको छ । तर, महाधिवेशनको सुरसार अझै भएको छैन । नयाँ विधानसँगै महाधिवेशनमा जाने गरी पार्टीसँग छलफल भइरहेको तामाङ बताउँछन् । ३५ सदस्यीय केन्द्रीय समिति रहेको संघमा उपाध्यक्ष, कोषाध्यक्षसहितका पदाधिकारी रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।