२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु , एक जना घाइते



अ+ अ-
फाइल फोटो

कैलाली । कैलालीको धनगढी–खुटिया सडकमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका ८ स्याउले नजिक धनगढी–खुटिया सडक खण्डमा से १ च १५३६ नम्बरको जीपले ठक्कर दिँदा गोदावरी नगरपालिका ९ सेहरीकी ३० वर्षीया मन्थरा खडायतको घटनास्थलमा नै मृत्यु भएको कैलालीका प्रहरी प्रहरी एसपी सुदीप गिरीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकी सीमा विकको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी नियन्त्रणमा लिएको भए पनि चालकका बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।