५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको प्रभावशाली जित, वेस्ट इन्डिज विश्वकपबाट बाहिरियो



अ+ अ-
Photo: AP/RSS

लन्डन । बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताबाट वेस्ट इन्डिज बाहिरिएको छ । भारतसँग म्यान्चेस्टरमा बिहीबार भएको खेलमा वेस्ट इन्डिज १२५ रनले पराजित भएसँगै वेस्ट इन्डिजको सेमिफाइनल यात्रामा पूर्ण विराम लागेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सात विकेट गुमाएर २६८ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ७२, महेन्द्रसिंह धोनीले ५६, हार्दिक पान्ड्याले ४६ र केएल राहुलले ४८ रन बनाएका थिए ।

तर २६९ रनको मध्यम स्कोर पछ्याएको वेस्ट इन्डिजको शुरुआत नै खराब रहेको थियो । बोर्डमा १६ रन हुँदै वेस्ट इन्डिजले २ विकेट गुमाइसकेको थियो । वेस्ट इन्डिजका खतरनाक ब्याट्सम्यान क्रिस गेल ६ रनमै आउट भएका थिए भने अर्का प्रारम्भिक ब्याट्सम्यान साइ होप पनि ५ रनमै पभेलियन फर्केका थिए ।

ब्याटिङमा धरासायी भएको वेस्ट इन्डिजको पूरै टिम ३४.२ ओभारमा समाप्त भएको थियो । वेस्ट इन्डिजले केबल १४३ रन मात्र बनाउन सक्यो ।

यो जितसँगै भारतको सेमिफाइनल लगभग पक्का भएको छ । पछिल्लो अंक तालिका निम्न अनुसार छः

१. अस्ट्रेलिया (७ खेल १२ अंक)
२. भारत (६ खेल ११ अंक)
३. न्यूजील्यान्ड (७ खेल ११ अंक)
४. इङल्यान्ड (७ खेल ८ अंक)
५. बंगलादेश (७ खेल ७ अंक)
६. पाकिस्तान (७ खेल ७ अंक)
७. श्रीलंका (६ खेल ६ अंक)
८. वेस्ट इन्डिज (७ खेल ३ अंक)
९. दक्षिण अफ्रिका (७ खेल ३ अंक)
१०. अफगानिस्तान (७ खेल ० अंक)

शुक्रबारको खेल
दक्षिण अफ्रिका विरुद्ध श्रीलंका